४ जेष्ठ २०८१, शुक्रबार

वेपत्ता दुई बालिकाको अझै पत्ता लागेन



लम्की । आमाबाट नै वेपत्ता पारिएको भनिएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २, का दुई नाबालिकाको चार दिन वितिसक्दा पनि स्थिति ज्ञात हुनसकेको छैन ।
गत २१ गते २६ वर्षीया राधा जैशी कठायतले दुई वर्षीया छोरी दीपिका र पाँच वर्षीया छोरी कमलालाई बेपत्ता बनाएको बताइएको छ ।
ती दुई नाबालिका र अर्को दूधेबालक बोकेर बिहान कर्णाली चिसापानीतर्फ गएकी राधा बेलुका आठ महिने दूधे बालकलाई मात्र साथमा ल्याएर घर फर्किएको परिवारस्रोतले जनाएको छ ।
दुई छोरी घर नफर्केपछि परिवारका सदस्यले खोजखबर गर्दा राधाले कहिले कर्णाली नदीले बगाएको, कहिले अपरिचित व्यक्तिले लगेर गएको बताउने गरेको बताइन्छ ।
दुई अबोध छोरीलाई वेपत्ता पारेको आशंकामा परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएपछि राधालाई २२ गते प्रहरीले नियन्त्रणमा लिएको छ ।
राधाका श्रीमान लामो समयदेखि रोजगारीका शिलसिलामा भारतमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार