४ जेष्ठ २०८१, शुक्रबार

धनगढी ६ मा माअाेवादी र १४ मा एमाले विजयी



धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ६ मा नेकपा माअाेवादी केन्द्र र वडा नं. १४ मा नेकपा एमालेले अध्यक्षसहित प्यानल जितेकाे छ ।

माअाेवादीका अध्यक्ष पदका उम्मेदवार भागीराम चाैधरीले एमालेका अध्यक्षा पदका उम्मेदवार इश्वरीप्रसाद बम भन्दा २६१ मत बढि ल्याएर विजयी भएका हुन् । चाैधरीले ८७६ मत पाए भने उनका प्रतिद्वन्दी बमले ६०९ मत पाए ।

त्यसैगरी माअाेवादीकी महिला सदस्यकी उम्मेदवार भावना चाैधरीले ६३४, दलित महिला सदस्यकी उम्मेदवार धर्मीदेवी सार्कीले ६५५, खुला सदस्यका उम्मेदवार महेन्द्रबहादुर थापामगरले ६१९ र खुशीराम चाैधरीले ५७१ मत ल्याएर विजयी भए ।

वडा नं. १४ मा एमालेका अध्यक्षका उम्मेदवारले १३६२ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार ९७४ मत पाए । एमालेका महिला सदस्य पदका उम्मेदवार १३८२, दलित महिला सदस्यका उम्मेदवार १३८०, खुला सदस्यका उम्मेदवारहरू १३२४ र १३२९ मत ल्याएर विजयी भए ।

पछिल्लाे परिणाम अनुसार धनगढी उपमहानगरपालिका प्रमुखमा कांग्रसका उम्मेदवार नृप वडले ९४७०, एमालेका दुर्गा जाेशीले ६९२५, माअाेवादीका रामसमझ रानाले ६२०७ र स्वतन्त्र गाेपाल हमालले ८६६९ मत पाएका छन् भने उपप्रमुखका कांग्रेसका सुशीला भट्टमिश्रले ११६८४, एमालेका रूकमणी देवकाेटाले ८८८४ र माअाेवादीका शान्ति अधिकारीक्षेत्रीले ६६७६ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार