१० श्रावण २०८१, बिहीबार

चितवाको आक्रमणबाट एकको मृत्यु



अछाम । अछामको मेल्लेख गाउँपालिका ८ मा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई मंगलबार राति चितुवाले आक्रमणबाट ज्यान गएको हो ।
मेल्लेख गाउँपालिका ८ हत्तिकोटको डुग्री गाउँका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेपछि उनको ज्यान गएको प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
मृतक बालिकाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार