१८ बैशाख २०८१, मंगलवार

गाैरीगंगा नगरपालिकामा एमालेकाे अप्रत्यासित जित



धनगढी । कैलालीकाे गाैरीगंगा नगरपालिकामा मेयर र उपमेयर सहित नेकपा एमाले विजयी भएकाे छ ।

भरखरै मतगणना सम्पन्न भएकाे छ । नेकपा माअाेवादीका उम्मेदवार देविदत्त कडेल भन्दा ६१ मत बढि ल्याएर एमालेका भीम देउवाले ५८९१ मत पाएर विजयी भएका हुन् ।

उपमेयरमा एमालेकै अञ्चला चाैधरीले ६१४९ मत पाएर विजयी भएकाे खबर छ । प्रतिस्पर्धामा आएको माओवादीका देवीदत्त कडेल ५८३० र करुणा चौधरीलाई ५३७१ मत पाए ।

मत गणनाकाे शुरूदेखि लिड गरिरहेका माअाेवादीलार्इ वडा नम्बर १ मा एमालेले उछिन्न सफल भएकाे हाे । वडा नम्बर १ का एमालेका उम्मेदवार जगतराम चाैधरीले पनि भारि मतका साथ वडा नम्बर १ काे अध्यक्ष पदमा प्यानल सहित विजयी भएका छन् ।

गाैरीगंगा नगरपालिकाका ११ वटा वडा मध्ये ६ वटा वडा एमालेले जितेकाे छ भने ४ वटा वडा माअाेवादी केन्द्र र एउटा वडा नेपाली कांग्रेसले जितेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार