१८ बैशाख २०८१, मंगलवार

प्रदेश नम्बर ७ मा काँग्रेसले ३६, एमालेले ३० र माओवादी केन्द्रले ७ तह जित्यो



धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्मको मत परिणाम अनुसार प्रदेश नम्बर ७ मा नेपाली काँग्रेसले ३६ तहमा विजयी भएको छ । 
त्यस्तै, नेकपा एमालेले ३० तहमा जितेको छ । माओवादी केन्द्रले ७ स्थानमा विजय प्राप्त गरेको छ ।
काँग्रेसले शनिवारसम्म बाजुराको बडिमालिका, बुढिगंगा र त्रिवेणी नगरपालिका जितेको छ । शनिवार नतिजा सार्वजनिक भएको त्रिवेणी नगरापलिका प्रमुखमा काँग्रेसका रामसिंह रावल तथा उपप्रमुखमा काँग्रेसकै राधिकादेवी सुनार विजयी भएका छन् । बुढिगंगामा का“ग्रेसका दिपकबिक्रश शाह प्रमुखमा विजयी भएका छन् भने उपप्रमुखमा तारा खाती थापा विजयी भएका छन् ।
प्रमुख शाहले तीन हजार आठ सय ४५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, अछामको कमलबजार नगरपालिकाको प्रमुखमा काँग्रेसकै ओमप्रकाश विष्ट र उपप्रमुखमा भूमिशरण बजगाईं विजयी भएका छन् ।
त्यस्तै, दार्चुलाको महाकाली र शैल्यशिखर, बझाङको बुँगल र बैतडीको दशरथ चन्द नगरपालिकामा काँग्रेस विजयी भइसकेको छ ।
काँग्रेसले बाजुराको हिमाली र छेडेद, बझाङको का“डा र सुर्मा, डडेल्धुराको गन्यापधुरा, आलिताल तथा भागेश्वर गाउँ“पालिकामा विजय प्राप्त गरेको छ ।
त्यस्तै, काँग्रेसले डोटीको केआईसिंह र बढिकेदार, दार्चुलाको मल्लिकार्जुन र दुहु, बैतडीको सुनर्या र शिवनाथ गाउँ“पालिका तथा कैलालीको जोशीपुर गाउँ“पालिका जितेको छ । माओवादी केन्द्रसंग चनावी तालमेल गरेको अछामको मेल्लेख गाउँपालिकामा का“ग्रेसले उपाध्यक्ष जितेको छ ।
त्यस्तै एमालेले डडेल्धुराको अमरगढी र बझाङको जयपृथ्वी नगरपालिकामा विजय प्राप्त गरेको छ । एमालेले बाजुराको गौमुल, स्वामिकार्तिक र पाण्डवगुफा, बझाङको अपिहिमाल, मष्टा, तलकोट, दुर्गाथली, बित्थडचिर र थलारा, दार्चुलाको लेकम र नौगाड, बैतडीको पञ्चेश्वर तथा डडेल्धुराको नवदूर्गा गाउँ“पालिकामा विजय प्राप्त गरेको छ ।
त्यस्तै, एमालेले डोटीको पूर्विचौकी र सायल र कैलालीको मोहन्याल तथा चुरे गाउँ“पालिका जितेको छ । बैतडीको सुनर्या गाउँ“पालिकामा एमालेले उपाध्यक्ष जितेको छ ।
प्रदेश नम्बर ७ मा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले डडेल्धुराको अजेयमेरु, दार्चुलाको मामौ, कञ्चनपुरको लालझाडी तथा डोटीको बोगटान र अछामको मेल्लेख गाउँ“पालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार