१८ बैशाख २०८१, मंगलवार

कैलालीमा मत परिणाम अाउने क्रम जारी, कांग्रेस र फाेरम ३/३, एमाले र माअाेवादी २/२ तहमा अगाडि



धनगढी । बुधवार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । शनिवार रातीसम्म कैलालीका १३ मध्ये तीन स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जिल्लाको चुरे तथा मोहन्याल गाउँँपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको छ । जोशीपुर गाउँपालिकामा नेपाली का“ग्रेसले झन्डा गाडेको छ ।
चुरे गाउँपालिका अध्यक्षमा धनबहादुर रोक्कामगर र उपाध्यक्षमा दीपादेवी साउद विजयी भए । अध्यक्ष रोक्कामगरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टीकाराम ढुंगानालाई पराजित गरे । चुरेमा एमालेले चार वडा जितेको छ भने काँग्रेसले दुई वडामा विजय प्राप्त ग¥यो ।
निर्वाचन अधिकृत कृष्णबहादुर बोहराका अनुसार अध्यक्ष रोक्कामगरले तीन हजार छ सय ६१ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्ष साउदले तीन हजार छ सय ११ मत प्राप्त गरिन् ।
मोहन्याल गाउँ“पालिका अध्यक्षमा एमालेका नवलसिंह रावल र उपाध्यक्षमा पनि एमालेकै पूजा बुढा विजयी भएका छन् ।
मोहन्यालमा वडा नम्बर १, २ र ५ मा माओवादी केन्द्र, ३ मा काँग्रेस र वडा नम्बर ४, ६ र ७ नम्बरमा एमाले विजयी भएको छ ।
यता, फोरम लोकतान्त्रिकको गढ मानिएको जोशीपुरमा का“ग्रेसले कब्जा जमाएको छ । फोरम लोकतान्त्रिकका महासचिव रहेका र पटकपटक मन्त्री बनेका रामजनम चौधरीको गृह गाउँँपालिकामा काँग्रेसले एउटाबाहेक सबै वडा सहित अध्यक्ष र उपाध्यक्ष जितेको छ ।
शनिवार सार्वजनिक भएको नतिजाअनुसार अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत जीवननाथ पोख्रेलका अनुसार रामकृष्णले तीन हजार सात सय ३२ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका विरुप्रसाद चौधरीले दुई हजार सात सय ४१ मत प्राप्त गरे । विरु फोरम महासचिव रामजनमका दाजु हुन् ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित गीताले तीन हजार सात सय ६८ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी किरण चौधरीले तीन हजार चार सय ८९ मत प्राप्त गरिन् । किरण कैलाली क्षेत्र नम्बर १ का सांसद जनकराज चौधरीका श्रीमती हुन् ।
जोशीपुरमा का“ग्रेसले सातमध्ये ६ वडा जितेको छ । काँग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा विजय प्राप्त गरेको छ भने ४ नम्बर वडा फोरम लोकतान्त्रिकले जितेको छ ।
यो समाचार तयार पारुन्जेल कैलालीका बा“की १० वटा स्थानीय तहमा नेपाली का“ग्रेस र फोरम लोकतान्त्रिकले तीन/तीन स्थानीय तहमा अग्रता लिएका छन् । माओवादी केन्द्र र एमालेले दुई÷दुई वटा स्थानीय तहमा अग्रता लिएका छन् ।
नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा अग्रता लिएको छ ।
फोरम लोकतान्त्रिकको टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा अग्रता रहेको छ । त्यस्तै, नेकपा एमालेले गोदावरी नगरपालिका र वर्दगोरिया गाउँपालिकामा तथा माओवादी केन्द्रले गौरिगंगा र घोडाघोडी नगरपालिकामा अग्रता लिएको छ ।
अहिलेसम्मको मतगणना अनुसार धनगढी उपमहानगरपालिकामा नेपाली काग्रेसका तर्फबाट मेयरका उम्मेदवार नृपबहादुर ओडले नेका तीन हजार चार सय ९७ उपमेयर शुशिला मिश्र भट्टले चार हजार नौ सय मत प्राप्त गरेकी छिन ।
त्यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ८२, एमालेका उम्मेदवार दुर्गा जोशीले २ हजार ८ सय ५४ माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १ हजार ६ सय १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेकी उपमेयरकी उम्मेदवार रुकमणी देवकोटाले तीन हजार ५ सय ७८ र माओवादी केन्द्रकी उम्मेदवार शान्ति क्षेत्री अधिकारीले २ हजार दुई सय ३९ मत प्राप्त गरेका छन् ।
शनिवारसम्म उपमहानगरपालिकाको तीन वडाको नतिजा सार्वजनिक भएको छ । वडा नम्बर १ मा नेपाली का“ग्रेसको पुरै टिम विजयी भएको छ भने १८ मा माओवादी केन्द्र र १९ मा एमालेको टिम विजयी भएको छ ।
वडा नम्बर १ को वडाध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन् । उनले एक हजार तीन सय ८७ मत प्राप्त गरे ।
त्यस्तै, दलित महिला सदस्यले विमला जैरु (११४३), महिला सदस्य कल्याणी सिंह (१०५६), खुला सदस्य धर्मराज ओझा (९३५) र सुवास चन्द (८४४) विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार