२३ बैशाख २०८१, आईतवार

टीकापुर नगरपालिकाको मतगणना शूरु, वडा ३, ५ र ६ को ५०० मत गन्दा नमस्तेलाई अग्रता



टीकापुर, असार १५

टीकापुर नगरपालिकाको राती २ बजेबाट मतगणना शुरु भएको छ ।

वडा नम्बर ६ मा २००, वडा नम्बर ५ मा २०० र वडा नम्बर ३ मा १०० मत गणना भैसकेको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार वडा नम्बर ६ को मेयरमा नमस्ते ६१, सूर्य ४८, मेयर रुख ४५ र हसिया हथौडाले २२ पाएको छ ।

यसैगरी वडा नम्बर ५ को मेयरमा नमस्ते ६६, सूर्य ४९, रुख ४५, हसिया हथौडाले २६ मत पाएको छ । वडा नम्बर ३ को १०० मत गणनाममा नमस्ते ५३, रुख र हसिया हथौडाले १८/१८ र सूर्यले ४ र गाईले ३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार