२३ बैशाख २०८१, आईतवार

स्थानीय निर्वाचन २०७४ उत्साहन मतदान, ७० प्रतिशत मत परेको अनुमान



धनगढी, असार १४

कैलाली जिल्लामा स्थानीय तहको निर्वाचन उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
कैलालीको १३ वटै स्थानीय तहमा उत्साहजनक मतदान हुँदा अनुमानित करिब ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिकामा पनि ७० प्रतिशत मत खसेको बताइएको छ ।
मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने वित्तिकै मतगरणा शुरु गर्ने निर्वाचन निर्वाचन अधिकृतले जजनाएका छन् । राति ९ बजेसम्म धनगढी नगरपालिकाको सबै वडाबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पुगिसक्ने अनुमान गरिएको छ ।


वर्षाका कारण मतदानमा समस्या हुने आशंका गरिएपनि छिटफुट बाहेक वर्षा भएन । धनगढीको वडा नम्बर १ र २ मा क्षणिक वर्षा हुँदा केहिबेर मतदान रोकिएको थियो । अन्य वडाहरुमा भने बादल लागेकाले मध्यान्नसम्म मतदान गर्न निकै सहज भएको थियो । तर दिउँसो १२ बजेदेखि घाम लागेपछि गर्मीले मतदाताहरुलाई लाईनमा बस्न निकै सास्ती भएको थियो । घामले गर्दा दिउँसो मतदाताहरुको संख्या केही कम भएको थियो । साँझ ३ बजेदेखि पुनः मतदाताहरुको संख्या पुन थपिएको थियो ।
कैलाली जिल्लामा १३ वडा स्थानीय तहमा १२६ वटा वडा छन् । कुल चार लाख तीन हजार दुई सय ८० जना मतदाता रहेको कैलालीमा छ सय ८९ जना जनप्रतिनिध चयन हुने छन् ।
१९ वडा रहेको धनगढी उपमहानरपालिकामा एक सय जना प्रतिनिधि छानिने छन् । यहाँ ७६ हजार चार सय ३० जना मतदाता छन् । गोदावरी नगरपालिकाको १२ वडामा ४१ हजार आठ सय २९ जना मतदाता रहेकोमा ६५ जना प्रतिनिधि छानिने छन् । गौरीगंगा नगरपालिकाको ११ वडामा २८ हजार चार सय ७९ जना मतदाता रहेकोमा ६० जना प्रतिनिधि छानिने छन् । घोडाघोडी नगरपालिकाको १२ वडामा ३९ हजार छ सय ८१ जना मतदाता रहेकोमा ६५ जना प्रतिनिधि छानिने छन् । लम्की चुहा नगरपालिकाको १० वडामा २९ हजार दुई सय ३५ जना मतदाता रहेकोमा ५५ जना प्रतिनिधि छानिने छन् । भजनीत्रिशक्ति नगरपालिकाको ९ वडामा २६ हजार नौ सय ५२ जना मतदाता रहेकोमा ५० जना प्रतिनिधि छानिने छन् । टीकापुर नगरपालिकाको ९ वडामा ३९ हजार एक सय ९२ जना मतदाता रहेकोमा ५० जना प्रतिनिधि छानिने छन् ।


त्यसैगरी, चुरे गाउँपालिकामाको ६ वडामा नौ हजार सात सय ४६ जना मतदाता रहेकोमा ३४ जना प्रतिनिधि छानिने छन् । मोहन्याल गाउँपालिकामाको ७ वडामा नौ हजार दुई सय १७ जना मतदाता रहेकोमा ३९ जना प्रतिनिधि छानिने छन् । बर्दगोरिया गाउँपालिकामाको ६ वडामा १५ हजार सात सय जना मतदाता रहेकोमा ३४ जना प्रतिनिधि छानिने छन् । जोशीपुर गाउँपालिकामाको ७ वडामा १९ हजार तीन सय ६५ जना मतदाता रहेकोमा ३९ जना प्रतिनिधि छानिने छन् । कैलारी गाउँपालिकामाको ९ वडामा २९ हजार नौ सय ९६ जना मतदाता रहेकोमा ४९ जना प्रतिनिधि छानिने छन् । र जानकी गाउँपालिकामाको ९ वडामा २७ हजार चार सय ५८ जना मतदाता रहेकोमा ४९ जना प्रतिनिधि छानिने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार