२३ बैशाख २०८१, आईतवार

स्थानीय निर्वाचन : उम्मेदवार र मतदातामा वर्षाको त्रास



अनुमोदन समाचार/धनगढी
दुई चार दिनको अन्तरालमा फाटफुट वर्षा भइरहेको कैलालीमा आज (बुधबार) वर्षा सम्भावनाले आम मतदाता तथा उम्मेदवारलाई त्रसित बनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाले आज वर्षा हुनसक्ने अनुमान गरेकोले मतदाता तथा उम्मेदवारहरू त्रसित हुन पुगेका छन् ।
केही गरी भारी वर्षा भयो भने मतदानको प्रतिशत घट्ने सम्भावना रहेकोले पनि उम्मेदवारहरू चिन्तित बनेका हुन् ।
कैलालीमा यस वर्ष मनसुन शुरु नै भएको छैन । दूईचार दिन फाटफूट वर्षा भए पनि पर्याप्त नहु“दा रोपाई पनि हुन सकेको छैन ।
कैलालीमा विगतमा असार मध्यसम्म झण्डै ९० प्रतिशत रोपाई पुरा हुने गरेकोमा यस वर्ष अहिलेसम्म २० प्रतिशत पनि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार