२३ बैशाख २०८१, आईतवार

स्थानीय तहकाे निर्वाचनमा मतदान हुँदै (फाेटाे फिचर)



धनगढी, असार १४
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आज बिहानैदेखि मतदान शुरू भएको छ ।

कैलाली जिल्लामा मौषमले पनि साथ दिएकाले मतदाताहरूले निकै उत्साहित भएर मतदान गरिरहेका छन् । बिहान ७ बजेदेखि शुरू भएको मतदामनामा १० बजेसम्म करिब ४) प्रतिशित मत खसेको अनुमान गरिएको छ ।

 

कैलालीको तेह्र वटै तहमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

आज दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा मतदान हुन लागेको हो । दोस्रो चरणको निर्वाचनमा विराटनगर महानगरपालिका, धनगढी सहित सात उपमहानरपालिका, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँपालिका छन् ।

निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाता रहेका छन् ।
यस अघि बैशाख ३१ गते प्रदेश नम्बर तीन, चार र छ का दुई सय ८३ स्थानीय तहमा निर्वाचन भइसकेको छ । त्यस्तै, आगामी असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पुरा भएको बताए ।

उनले मतदातालाई आम मतदातालाई निर्धक्क भएर निर्वानमा सहभागी हुन आग्रह गरे । मतदाता परिचयपत्र हराएमा वा कुनै कारणले छुटेमा नागरिकता वा फोटोसहितको कुनै पनि परिचयपत्र भएमा मतदान गर्न पाउने बताए । तर भोटर लिष्टमा नाम भने हुनुपर्ने छ ।

नेपालमा २० वर्षपछि स्थानीय तह निर्वाचन भइरहेको छ । २०५४ सालमा दोस्रो पटक स्थानीय निकाय निर्वाचन भएकोमा अहिले संविधान सभाबाट संविधान जारी भएपछि पहिलो पटक स्थानीय तह निर्वाचन भइरहेको छ । 
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । कार्यकारी अधिकार सहित न्यापालिका र व्यवस्थापिकाको समेत अधिकार प्रयोग गर्ने स्थानीय तहलाई स्थानीय सरकारका रूपमा संविधानले स्थापित गरेको छ ।

प्रदेश नम्बर ७ मा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउ“पालिकामा मतदान हु“दै छ ।
कैलालीका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ वटा गाउ“पालिका रहेका छन् । कैलालीमा तीन हजार चार सय ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्लामा जहातही निर्वाचनको रौनक छाएको छ । अझ धनगढी उपमहानगरपालिका स्थानीयदेखि राष्ट्रिय तहमा समेत निकै चर्चामा रहेको छ ।

धनगढीमा १० वटा राजनीतिक दलले चुनावमा भाग लिएका छन् । धनगढी उपमहानगरपालिकामा नेपाली का“ग्रेसबाट प्रमुखमा नृप ओड र उपप्रमुखमा सुशीला मिश्र भट्ट, नेकपा एमालेबाट दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुकमिणी देवकोटा, माओवादी केन्द्रबाट प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्री, राप्रपाबाट प्रमुखमा बिष्णु साहु र उपप्रमुखमा जनक कुँवर, लोकतान्त्रिक फोरमबाट प्रमुखमा प्रेम विसी र उपप्रमुखमा दुर्गा कुश्मी रहेका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार समेत गरी ११ जना प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, स्वतन्त्र गरी उपप्रमुखमा पनि ११, वडाध्यक्षमा एक सय १३ र सदस्यमा तीन सय ७६ जना चुनावी मैदानमा रहेका छन् ।
धनगढी उपमहानगरपालिमा ७६ हजार चार सय ३० मतदाता रहेका छन् भने मतदान केन्द्र ८६ वटा रहेका छन् ।
कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् भने दुई सय ३१ मतदान स्थल र चार सय ९० मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार