२३ बैशाख २०८१, आईतवार

बम विस्फाेटमा विप्लव कार्यकर्ताकाे ज्यान गयो, उम्मेदवारको घर नजिक बम विस्पोट



अनुमोदन समाचार, असार १३
आफैले बोकेको बम पड्किएर सोमबार धनगढीमा एक जनाको ज्यान गएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता चन्द्रबहादुर सिंहले बम बोकेका थिए । धनगढी, १२ जुगेडाका सिंहको बेलुकी धनगढी एक होटल नजिकै पुगेका बेला बम पड्किएको थियो ।
बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । होटल नजिकै खानेपानी डिभिजनको कार्यालय भएकाले त्यहाँ विस्फोट गराउन लागिएको प्रहरीको अनुमान छ ।
त्यस्तै, नेपाली कांग्रेसबाट घोडाघोडी नगरपालिकाको उपमेयरका उम्मेदवार हेम बहादुर बमको घर नजिक बम बिस्पोट भएको छ ।
आज विहान २ बजे बमको घर नजिक अज्ञात समूहले बम बिस्पोट गराएको प्रहरी प्रहरी कार्यालय सुख्खडले जनाएको छ । प्रहरीका अनुसार विस्पोटबाट कुनै पनि क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार