२२ बैशाख २०८१, शनिबार

स्थानीय तह निर्वाचन–२०७४ : मतदाता परिचयपत्र लिनेको घुँइचो



चुरे (निगाली) । कैलालीको चुुरे गाउँपालिका वडा नम्बर १, (साविक निगाली–३) बसर गाउँका शंकर सुनार सोमबार मतदान केन्द्रमा पुगे । उनी परिचयपत्र लिनका लागि आएका थिए । केही बेरको दौडधुपपछि उनले आफ्नो मतदातदा परिचयपत्र प्राप्त गरे । निकै हर्षित हुँदै शंकरले भने– २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागि हुुन पाउँदा निकै खुशी लागेको छ ।
दोस्रो चरणको स्थानीय निर्वाचन भोली (बुधबार) हुँदै छ । निर्वाचन आयोगले अहिले मतदाता परिचयपत्र वितरण गरिरहेको छ । फोटोसहितको मतदाता परिचयपत्र लिन आएका मतदाता कतै वर्षा त हुने होइन भन्ने थोरै त्रासमा देखिन्छन् । शंकरले भने– ‘वर्षा भइहाल्यो भने पनि भिजेरै भए पनि मतदान त गर्छु ।’
उनीजस्तै स्थानीय मानबहादुर छेडाल पनि मतदान गर्न आतुर देखिन्थे । स्थानीय तह लामो समयदेखि जनप्रतिनिधीविहिन हुँुदा विकासले गति लिन सकेको छैन । ‘२० वर्षसम्म स्थानीय तह जनप्रतिनिधीविहिन हुुँदा भ्रष्टाचार बढ्नुका साथै स्थानीय जनताले आधारभूत अधिकार प्राप्त गर्न सकेका छैनन्’ उनले भने– ‘भोली हुने चुनावले सिंहदरकारको अधिकार गाउ“मा ल्याउने छ ।’
चुुरे गाउँपालिका राष्ट्रिय लोकमार्ग बाहेक शाखा सडकहरूले छुन सकेको छैन । गाउँपालिकामा विद्युत र खानेपानीको उचित प्रबन्ध हुन सकेको छैन । स्थानीयहरूले उत्पादन गरेको तरकारी, फलपूmल लगायतका कृषि उपजहरू काँधमा बोकेर मुख्य सडकमा पु¥याउन बाँध्य छन् । एक हजार पाँच सयभन्दा बढी घरधुरी भएको साविकको निगाली गाविसमा एक सय घरधुरीमा वसर लघु जलविद्युत योजनाले विद्युतको पु¥याएको छ भने ७५ प्रतिशत घरधुरीमा सोलार प्रयोग गरिएको छ । अझै २५ प्रतिशत घरधुरी विद्युत सेवाबाट वञ्चित छन् । सो गाविसमा शाखा सडकहरू काटिएका भए पनि कालोपत्रे नहुँदा सडकको पहुँच भएको आभास हुन सकेको छैन् ।
स्थानीयहरूले स्थानीय चुनावमा योग्य व्यक्तिलाई विजयी गराएर गाउँपालिकाको विकास अघि बढ्ने आशा सहित चुनावमा मतदान गर्न आतुर रहेको स्थानीय भोजबहादुर छेडालले बताए ।
सोमबारसम्म उक्त मतदान स्थलबाट ५० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिइसकेको जनाइएको छ । उक्त मतदान स्थलमा पाँच सय १३ मतदाताले मतदान गर्ने छन् ।
आइतबारदेखि शुरु गरिएको मतदाता परिचयपत्र वितरण कार्यक्रममा स्थानीयले देखाएको सहभागिताले पनि मतदाता मतदान गर्न आतुर रहेको देखिएको क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मोहन अर्यालले बताए ।
स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन कार्यालयले आन्तरिक तथा बाह्य सुरक्षा योजनासहित मत बदर हुन नदिन मतदाता शिक्षा अघि बढाएको बताए ।
जिल्लामा कुल मतदाताको झण्डै ६० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिइसकेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रवक्ता प्रेम भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार