१० श्रावण २०८१, बिहीबार

स्थानीय तह निर्वाचन : कैलालीमा करिब ३५ सयको उम्मेदवारी



धनगढी । आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा करिब साढे तीन हजार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् ।
कैलालीका १३ वटा स्थानीय तहमा गरी छ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुनेमा तीन हजार ४ सय ७८ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दाबढी धनगढी उपमहानगरपालिकामा पाँच सय जनाले मनोनयनपत्र दर्ता गराएकोमा यसमध्ये ९७ जना चयन हुनेछन् ।
त्यस्तै, टीकापुर नगरपालिकामा दुई सय ८९ जनाको उम्मेदवारी परेकोमा ४७ जना, लम्कीचुहा नगरपालिकामा तीन सय १७ जनाको उम्मेदवारी परेकोमा ५२ जना, घोडाघोडी नगरपालिकामा तीन सय ६९ जनाको उम्मेदवारी परेकोमा ६२ जना, भजनी नगरपालिकामा दुई सय ६३ जनाको उम्मेदवारी परेकोमा ४७ जना, गौरीगंगा नगरपालिकामा दुई सय ९३ जनाको उम्मेदवारी परेकोमा ५७ जना र गोदावरी नगरपालिकामा दुई सय ६४ जनाको उम्मेदवारी परेकोमा ६२ जना चयन हुनेछन् ।
यसैगरी, कैलारी गाउँपालिकामा दुई सय ७९ जनाको उम्मेदवारी परेकोमा ४७ जना, चुरे गाउँपालिकामा एक सय ३१ जनाको उम्मेदवारी परेकोमा ३२ जना, जानकी गाउँपालिकामा दुई सय ७२ जनाको उम्मेदवारी परेकोमा ४७ जना, जोशीपुर गाउँपालिकामा दुई सय ५ जनाको उम्मेदवारी परेकोमा ३७ जना, बर्दगोरिया गाउँपालिकामा एक सय ६३ जनाको उम्मेदवारी परेकोमा ३२ जना र मोहन्याल गाउँपालिकामा एक सय ३३ जनाको उम्मेदवारी परेकोमा ३७ जना चयन हुने निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।
कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् । जसअन्र्तगत धनगढी उपमहानगरपालिकामा ७६ हजार चार सय ३०, टीकापुर नगरपालिकामा ३९ हजार एक सय ९२, लम्की चुहा नगरपालिकामा ३९ हजार दुई सय ६५, घोडाघोडी नगरपालिकामा ३९ हजार छ सय ८९, भजनी नगरपालिकामा २६ हजार नौ सय ५२, गौरीगंगा नगरपालिकामा २८ हजार चार सय ७९ र गोदावरी नगरपालिमा ४१ हजार आठ सय २९ मतदाता रहेका छन् ।
यसैगरी, कैलारी गाउँपालिकामा २९ हजार नौ सय ९६, बर्दगोरिया गाउँपालिकामा १५ हजार सात सय, जोशीपुर गाउँपालिमा १९ हजार तीन सय ६५, जानकी गाउँपालिकामा २७ हजार चार सय ५८, चुरे गाउँपालिकामा नौ हजार सात सय ४६ र मोहन्याल गाउँपालिकामा नौ हजार दुई सय १७ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार