१८ बैशाख २०८१, मंगलवार

पत्रकार पक्राउ प्रकरण : प्रहरीलाई विवेकसम्मत तरिकाले काम गर्न अदालतको आदेश



धनगढी । कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको घटनामा अदालतले प्रहरीलाई ुविवेकसम्मत तरिकाले काम गर्नु आदेश दिएको छ ।
शनिबार प्रहरीद्वारा पक्राउ गरिएका पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघ, सञ्चार आवद्ध संघसंस्था लगायतबाट चर्को विरोध भएपछि आइतबार प्रहरीले बिनाशर्त रिहा गरेको थियो ।
घटनाबारे आइतबार नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले उच्च अदालत दिपायल, महेन्द्रनगरमा मुद्दा दायर गरेका थिए ।
सोमबार मुद्दाबारे प्रारम्भिक सुनुवाई गर्दै अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
अदालतका न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले ुप्रचलित कानुनको औचित्य समाप्त नहुने गरी विवेकसम्मत तरिकाले कानुनद्वारा प्रदत्त अपराध अनुसन्धानको जाहेरी लिने र मौका तहकिकात गर्ने काम कारवाही गर्नु, गराउनुु भनेर निर्देशनात्मक आदेश दिएको अधिवक्ता विनोदकुमार भट्टले बताए ।
अधिवक्ता भट्टका अनुसार अदालतको आदेशमा ुविपक्षीहरूमध्येका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी प्रकाश चन्दलाई आदेशको प्रतिलिपि पठाएर ध्यानाकर्षण गराउनेु उल्लेख छ ।
सो मुद्दामा ुउत्प्रेषणयुक्त निषेधाज्ञाु रिट निवेदकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेत चार जनालाई विपक्षी बनाइएको थियो । रिट निवेदकका तर्फबाट कानुन व्यवसायी अधिवक्ता विनोदकुमार भट्टले बहस गरेका थिए ।
प्रहरीको ज्यादतीविरुद्ध निरन्तर समाचार प्रकाशन गरेका मानसखण्ड दैनिकका सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले केही सार्वजनिक अपराधमा अनुसन्धानको सिलसिलमा पक्राउ गरेको थियो ।
पत्रकारहरू पक्राउ गरिएपछि शनिबार नै कञ्चनपुरसहित देशभर नेपाल पत्रकार महासंघ, पत्रकारका पेशागत संघ, संगठनले पत्रकारलाई तत्काल रिहाई गर्न माग गरेका थिए । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरूले उनीहरूको रिहाईको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना समेत दिएका थिए ।
जेठ २८ गतेको मानसखण्डमा प्रकाशित ुकञ्चनपुरका एसपीमाथि दुई युवती अपहरणको आरोपु शीर्षकको समाचार प्रकाशित भएको थियो । युवतीहरू प्रहरी हिरासतमै रहेका बेला युवतीका बाबु खेमराज नाथले सार्वजनिक अपराध मुद्दा दायर गरेको भन्दै प्रहरीले पत्रकारद्वय भण्डारी र भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार