१८ बैशाख २०८१, मंगलवार

भजनीमा माओवादीले खाता खोल्यो



भजनी । स्थानीय तह निर्वाचनको दोस्रो चरण अन्तर्गत नेकपा माओवादी केन्द्रले कैलालीमा विजयको शुरुवात गरेको छ ।
भजनी नगरपालिका वडा नम्बर ६ मा दलित महिला उम्मेदवार निर्विरोध भएर माओवादीले विजयको शुरुवात गरेको हो । सो वडाबाट ३९ वर्षिया कमला ज्ञवाली श्रीपाइली निर्विरोध भएकी हुन । कमला निर्विरोध भएको निर्वाचन अधिकृत पुरुषोतम शर्माले पुष्टी गरेका छन् ।
दलित महिला उम्मेदवार श्रीपाइली माओवादीका पूर्वसभासद हरी श्रीपाइलीकी श्रीमति र वर्तमान सांसद हरि ज्ञवालीकी भतिजी हुन् । ब्राह्मण समुदायकी कमला र दलित समूदायका हरी श्रीपाइलीका विच २२ वर्षअघि प्रेमविवाह भएको हो । कमला विद्यार्थी र पछि पार्टी राजनीति गरेकी महिला हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार