८ जेष्ठ २०८१, मंगलवार

पत्रकारद्वय भण्डारी र भट्टको नि:शर्त रिहाईका लागि धर्ना शुरु



धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेशदत्त भट्टको नि:शर्त र सम्मान रिहाईका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारको धर्ना कार्यक्रम शुरु भएको छ । पत्रकार भण्डारी र भट्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
भण्डारी प्रकाशक र सम्पादक रहेको मानसखण्ड दैनिकमा केही दिन पहिले प्रकाशित एउटा समाचारको विषयमा उनी र कार्यकारी सम्पादक भट्टलाई प्रहरी पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले पत्रकार भण्डारीमाथि सार्वजनिक अपराध मुद्दा लगाएर पत्रिकाको कार्यालयबाटै पक्राउ गरेको बताइएको छ ।
धर्ना कार्यक्रमका कारण पत्रकारहरू स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको उम्मेदवारहरूको मनोनयपत्र दर्ताको समाचार रिर्पोटिङ गर्न पाइरहेका छैनन् ।

सम्बन्धित समचार

पत्रकार खेम भण्डारी पक्राउ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार