१२ श्रावण २०८१, शनिबार

कांग्रेस–माओवादी चुनावबाट भाग्न खोज्दै– रावल



फूलबारी । नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष भीम रावलले कांग्रेस र माओवादीले चुनावबाट भाग्ने प्रयासस्वरुप प्रदेश नम्वर २ को चुनावको मिति सारेको बताएका छन् ।
बिहीबार फूलवारीमा आयोजित चुनावी सभामा नेता रावलले प्रदेश नम्बर २ को चुनावको मिति सारे पनि एमालेको दबावका कारण अरु प्रदेशको मिति सार्न आँट नगरेको दाबी गरे ।
कांग्रेसले पटकपटक बहुमत पाए पनि सरकार सञ्चालन गर्न नसकेको, राष्ट्रिय उद्योग धन्दा निजीकरण गरेर बेरोजगारी बढाएको आरोप लगाउँदै उनले भने– त्यसैले अब स्थानीयदेखि केन्द्रसम्म एमालेको सरकार बन्न जरुरी छ ।
स्थानीय एमाले नेता नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठक, वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी राना, केन्द्रीय सल्लाहकार सदस्य हनुमान चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशी, उपमेयर पदका उम्मेदवार रुक्मणि देवकोटा, राजेश भण्डारी, ऋषि बिनाडी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार