१२ श्रावण २०८१, शनिबार

प्रदेश नम्बर २ को चुनाव असोज २ मा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले असोज २ मा प्रदेश नम्बर २ को चुनाव गर्ने निर्णग गरेको हो ।
बिहीबार नै दिउँसो बसेकाे सत्तारुढ दल र मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीका नेताहरु बीच भएको बैठकमा प्रदेश नम्बर २ को चुनाव असार १४ गतेबाट पछि सार्ने सहमति भएको थियो । त्यही सहमति अनुसार चुनाव असाेज २ गते गर्ने सरकारले निर्णय गरेको हो ।
यद्यपी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने सरकारको उक्त निर्णयमा असहमति जनाएका छन् । आयोगले असार १४ गते नै चुनाव गर्न तयार रहेको उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित मन्त्रीहरुसँगको छलफलबाट बाहिरिंदै प्रमुख निर्वाचन आयुक्तले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सरकारले आयोगसँग परामर्श नगरी २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सार्ने प्रस्ताव गरेकोमा यसमा आयोगको सहमति नभएको बताएका हुन् ।
‘बाँकी सबै प्रदेशमा असार १४ गते नै निर्वाचन गर्न हामी तयार छौं’, प्रमुख आयुक्त यादवले भने,‘असोज २ मा सार्ने निर्णयमा हाम्रो सहमति छैन् ।’
सरकारले आज बिहान राजपासँग भएको बैठकमा प्रदेश २ को निर्वाचन असोज २ गते गर्ने सहमति गरेको थियो । असार १४ गतेको निर्वाचनको लागि भोलि शुक्रबारदेखि मनोनयन दर्ताको कार्यतालिका छ ।

(इकान्तिपुर)

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार