५ कार्तिक २०८१, सोमबार

मदिरा सेवन गरेको भन्दै म्यादि प्रहरी बर्खास्त



बैतडी । मदिरा सेवन गरेर आचरण विपरित काम गरेको भन्दै बैतडीमा तीन जना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ ।
बरखास्त हुनेमा सुर्नयाँ गाउँपालिकाका रामसिंह महरा, नरेन्द्रसिंह ऐरी र धर्मबहादुर मडै रहेका जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।
गत चैतमा म्यादी प्रहरीमा तीनै जना शान्ति सुरक्षा गर्न भनी आएका भए पनि अनुसाशन तथा आचरण विपरित काम गरेकोले बर्खास्तमा परेका हुन । स्थानीय निर्वाचनका लागि भनेर बैतडीमा ७ सय १७ जना म्यादी प्रहरी छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार