६ जेष्ठ २०८१, आईतवार

गोदावरीमा काँग्रेसबाट भट्ट, उपमेयरमा पाठक



धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसको तर्फबाट वीरेन्द्र भट्ट उम्मेदवार चयन भएका छन् । त्यस्तै, उपमेगरमा भगवती पाठक चयन भएका छन् ।
केही दिनदेखि गोदवारी नगरपालिकामा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने चर्चा बीच भट्ट र पाठकको उम्मेदवारी चयन भएको जनाइएको छ ।
नेपाली कांग्रेसका नेता तथा निवर्तमान वन राज्यमन्त्री दीर्घराज भाटले पार्टीको नेतृत्व तहले उम्मेदवारी चयन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार