६ जेष्ठ २०८१, आईतवार

भण्डारी गोरखापत्र सञ्चालक समितिमा



धनगढी । कैलालीको टीकापुर नगरपालिका निवासी ३८ वर्षिय पत्रकार दुर्गाप्रसाद भण्डारी गोरखापत्र संस्थान सञ्चालक समितिमा नियुक्त भएका छन ।
चार वर्षका लागि नियुक्त भण्डारी गोरखापत्र जस्तो नेपालकै जेठो इतिहास बोकेको सञ्चारमाध्यामको सञ्चालक समितिमा काम गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताए । उनले आफू गोरखापत्रको विकास, विस्तार र श्रमजीवी पत्रकारको सक्षमा सक्दो योगदान पुगाउन प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गरे ।
०५५ सालदेखि कैलालीका स्थानीय र राष्ट्रिय पत्रिकामा क्रियाशिल भण्डारी नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य पनि छन् । उनी नेपाली विषयबाट स्नातोकोत्तर हुन् ।
कैलालीबाट गोरखापत्र संस्थानको सञ्चालक समितिमा पुग्नेमा भण्डारी तेस्रो व्यक्ति हुन । यसअघि स्वर्गीय लीलानाथ ओझा र हाल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका प्रकाशविक्रम शाह पनि गोरखापत्र सञ्चालक समितिमा रहिसकेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले जेठ १० गते मन्त्रीस्तरको निर्णयबाट सदस्यमा नियुक्ती दिए पनि आज आइतवार मात्र पत्र प्राप्त गरेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार