१० श्रावण २०८१, बिहीबार

करेन्ट लागेर एक म्यादी प्रहरीको मृत्यु



कैलारी । कैलालीको हसुलियामा कार्यरत एक जना म्यादी प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–६, सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको बिहीबार राति बडैपुरबाट मोटरसाइकलमा उदासीपुरतर्फ जाँदै गरेको अवस्थामा बढैपुर जंगलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका–१० का १८ वर्षीया कविता चौधरी घाइते भएकी छिन् ।
इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रूपमा कार्यरत मृतक अशोकसहित बिहीबार राति कैलारी गाउँपालिका–९, गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका–१० का ममता चौधरी र कविता चौधरी संगसंगै मसुरिया बजार गएको र फर्कने क्रममा जंगलको बाटोमा शिकारीले थापेको करेन्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार