२१ भाद्र २०८१, शुक्रबार

चुनाव टार्ने खेल भइरहेको छ– एमाले नेता रावल



बाजुरा । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले काँग्रेस र माओवादीले निर्वाचन नचाहेको आरोप लगाएका छन् ।
बुधबार बाजुराको सदरमुकाम मार्तडीमा भएको एक कार्यक्रमा उनले चुनावमा कमजोर हुने डरले चुनावको मिति सार्ने खेल भएको दावी गरे ।
एमाले सचिव बल्देव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सांसद बसुन्धरा रोकाया लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार