१० श्रावण २०८१, बिहीबार

दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले असार २ गतेदेखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।
असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
असार १४ गते मतदान हुनेछ ।
जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन यसअघि असार ९ गते सारिएको थियो । असार ९ मा मुस्लिम धर्मावलम्बीको रमजान रहेकाले पुनस् सारेर १४ गते पुर्‍याइएको हो ।

(इकान्तिपुर)

दोस्रो चरणको निर्वाचन कार्यक्रम

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार