८ जेष्ठ २०८१, मंगलवार

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना



बाजुरा । नेपालगञ्जबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कार्गो जहाज एनए ०४८ बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाइलट (महासेनानी) कैलाश गुरुङ्गको ज्यान गएको छ ।
कोपाइलट (सहसेनानी) अनिता आले र सुवेदार पूर्णबहादुर खड्का घाइते छन् । मृतक र घाइते तीनै जनालाई सीता एयरबाट दिउसो १ बजेतिर नेपालगञ्ज ल्याएको छ । कोल्टीस्थित सीता एयरलाइन्सका म्यानेजर मनराज थापाका अनुसार सुर्खेतबाट उडेको सेनाको जहाज, नेपालगञ्जबाट उडेका गोमा र सीता एयरलाइन्सका जहाजहरु हुम्लामा मौसम खराबीका कारण डाइभर्ट भएका थिए ।
गोमाको जहाज नेपालगञ्ज फर्किको थियो भने सीता एयर भन्दापछि कोल्टी बिमानस्थल पुगेको सेनाको जहाज धावनमार्ग भन्दा बाहिर गएर दुर्घटनामा परेको छ । मृतका पाइलट गुरुङ्ग भोजपुरको छिनामखुका बासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार