२३ बैशाख २०८१, आईतवार

काँग्रेसमा टिकट विवाद : अनसनमा रहेका कुँवरको स्वास्थ्य अवस्था चिन्ताजनक



धनगढी । कैलालीमा स्थानीय तह निर्वाचनका लागि टिकट वितरण एकलौटी भएको भन्दै चार दिनदेखि आमरण अनसनमा रहेका नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष कृष्णबहादुर कुँवरको स्वास्थ्यस्थिति चिन्ताजनक बनेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी चयनमा केही नेताहरूले भागबण्डा गरेको र इमान्दार तथा जनतामा भिजेका कार्यकर्तालाई पाखा लगाएको भन्दै युवा नेता कुँवर चार दिनदेखि पार्टी कार्यालयमा आमरण अनसनमा बसेका थिए ।
हिजो (आइतबार) साँझदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती अञ्चल अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।
धनगढी उपमहानगरपालिका सबै १९ वडामा वडाध्यक्ष तथा सदस्यको उम्मेदवारको टुंगो लगाउन नसकेपछि काँग्रेसको क्षेत्र नम्बर ६ को क्षेत्रीय समितिका पदाधिकारीहरू निर्णय पुस्तिकासहित केन्द्रीय समितिमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार