१० श्रावण २०८१, बिहीबार

मतदाता शिक्षा कार्यक्रम



डडेल्धुरा । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलालीमा मतदाता शिक्षा कार्यक्रम व्यापक बनाइएको छ ।
कैलाली जिल्ला निर्वाचन कार्यालयले बदर मतको प्रतिशत कम गर्न मतदाता शिक्षा अभियन व्यापक बनाएको जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले ७ नम्बर प्रदेशका सबै जिल्लामा मतदाता शिक्षा जारी रहेको बताए ।
प्रत्येक जिल्लामा ग्रामीण क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम पुर्‍याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार