२३ बैशाख २०८१, आईतवार

प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ७ को प्रथम साधारण सभाबाट शंकरबहादुर बोगटी निर्विरोध अध्यक्षमा चयन भएका छन् ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघको उपाध्यक्षमा कृष्णप्रसाद पाठक गोलाप्रथाबाट विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी डम्मर भण्डारी र पाठकले समान पाँच/पाँच मत पाएका थिए ।
त्यसैगरी, एशोसिएट उपाध्यक्षमा हरिशंकर ठाकुर २७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनिल भुजनीयाले २५ मत पाए । कोषाध्यक्षमा रामकुमार भण्डारी निर्विरोध चयन भए ।
त्यस्तै, जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सदस्यहरूमा चेतराज भट्ट, माधवप्रसाद जोशी, सुरेशसिंह थापा, दीपकबहादुर महता, दानबहादुर सुर्मेली निर्विरोध चयन भएका छन् ।
एशोसिएट सदस्यमा जनकराज जोशी २८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी बमबहादुर शाहले २५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार