६ जेष्ठ २०८१, आईतवार

स्ववियु निर्वाचन : अखिलका भट्ट विजयी



धनगढी । कैलाली बुहमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्षमा अनेरास्ववियूका चुडामणि भट्ट विजयी भएका छन् । भट्टले छ सय ७३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेविसंघका अध्यक्षका उम्मेदवार गुरुदेव केसी (सुमन) ले चार सय ९५ मत प्राप्त गरे । निर्वाचनमा एक हजार नौ सय ३६ मत खेको थियो ।
त्यस्तै, सचिवमा अनेरास्ववियूका कृष्ण रोकायाले पाँच सय २७ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिस्पर्धी नेविसंघका विश्वप्रताप चौधरीले चार सय नौ मत प्राप्त गरे ।
त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियूकी कल्पना पालले चार सय ८२ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी नेविसंघकी तृष्णा रावलले चार सय ६५ मत प्राप्त गरिन् ।
सदस्यहरूमा अनेरास्ववियूका रामबहादुर साउँद पाँच सय ७२, सुशीलराज शाही पाँच सय ६३, प्रमोद खड्का चार सय ६४, नविन खड्का चार सय ४० मत पाई विजयी भएका छन् , यसैगरी, सदस्यमा नेविसंघका नेत्रप्रसाद उपाध्याय चार सय ५७, विनिताकुमारी शाह चार सय ४७, यमुनाकुमारी सिंह चार सय ४०, रामबहादुर बम चार सय २९ मत पाएर विजयी भए ।
त्यस्तै, समानुपातिकतर्फ अनेरास्ववियुतर्फ छ सय १७, नेविसंघले पाँच सय नौ, विद्यार्थी मञ्चले एक सय ८३, अखिल क्रान्तिकारी (प्रचण्ड) एक सय ३९, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), ८४, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, २९, नेपाल विद्यार्थी परिवार २१, नयाँ शक्ति विद्यार्थी युनियन आठ, अखिल छैटौं सात, अखिल क्रान्तिकारी विप्लप पाँच र स्वतन्त्र विद्यार्थी समूहले १८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार