२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री दाहालद्वारा राजीनामा



काठमाडौं । कांग्रेससँगको सहमति पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राजीनामा दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन सम्बोधनमा राजीनामा घोषणा गरेका दाहालले राष्ट्रपति कार्यालयमा पुगेर बुधबार नै राजीनामा पत्र बुझाए ।
प्रधानमन्त्रीले नेपाली राजनीतिमा इमानको कमी भएको उल्लेख गर्दै त्यस्तो परम्परालाई तोड्दै आफूले पदत्याग गरेको बताए । ‘मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु । अत: नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु,’ प्रधानमन्त्रीले राजीनामा दिंदै भने, ‘सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार