१० श्रावण २०८१, बिहीबार

कैलाली बुहमुखी क्याम्पसमा मतगणना जारी



धनगढी । कैलाली बुहमुखी क्याम्पस धनगढीमा बुधबार भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मतगणना भइरहेको छ । बुधबार बिहानसम्मको मतगणनाअनुसार अध्यक्ष र सचिवमा अनेरास्ववियू र कोषाध्यक्षमा नेविसंघले अग्रता लिएको छ ।
अनेरास्ववियूका अध्यक्षका उम्मेदवार चुडामणि भट्टले ५५२ मत पाएका छन् भने उनका नजिकका प्रतिस्पर्धी नेविसंघका अध्यक्षका उम्मेदवार गुरुदेव केसीले ४०२ मत प्राप्त गरेका छन् । सचिवमा अनेरास्ववियूका कृष्ण रोकायाले ३९० र नेविसंघका विश्व चौधरीले ३२४ मत पाएका छन् ।
थारू विद्यार्थी मञ्चले १७३ मत र अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम भट्टले १२३ मत प्राप्त गरेका छन् ।
एक हजार नौ सय ३६ मत खसेको निर्वाचनमा ५ सय २ मत गन्न बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार