२० बैशाख २०८१, बिहीबार

स्ववियु निर्वाचन : मतदान सम्पन्न, करिब दुई हजार मत खसे



धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार एक हजार नौ सय ३६ मत खसेको छ ।
मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको थियो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत श्यामराज जोशीले बताए । निर्वाचन अधिकृत जोशीका अनुसार मतगणना कार्य कैलाली उद्योग वाणिज्य संघको सभाहलमा आजै राति सात बजेदेखि शुरु हुने छ । कैलाली बहुमुखी क्याम्पसमा चार हजार ५० मतदाता रहेका थिए ।
स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट गुरुदेव केसी (सुमन), अनेरास्ववियूका तर्फबाट चुडामणि भट्ट तथा अखिल क्रान्तिकारीका तर्फबाट घनश्याम भट्टको प्यानल चुनावी मैदानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार