२० बैशाख २०८१, बिहीबार

स्ववियु निर्वाचन : दुई बजेसम्म १८ सय मत खस्यो



धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा मतदान जारी रहेको छ ।
अहिले दिउँसो २ बजेसम्म एक हजार आठ सय मत खसेको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण ढंगबाट भइरहेको छ । कैलाली बहुमुखी क्याम्पसमा चार हजार ५० मतदाता रहेका छन् ।
स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट गुरुदेव केसी (सुमन), अनेरास्ववियूका तर्फबाट चुडामणि भट्ट तथा अखिल क्रान्तिकारीका तर्फबाट घनश्याम भट्टको प्यानल चुनावी मैदानमा रहेको छ ।
बिहान ८ बजेदेखि चार बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार