२० बैशाख २०८१, बिहीबार

आज कैलाली बहुमुखीमा स्ववियु निर्वाचन



धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ ।
पटक–पटक मिति सारेर गत फागुन २२ गते मनोनयनपत्र दाखिला भइसकेपछि स्थगित भएको निर्वाचन आज हुन लागेको हो ।
आठ वर्षपछि हुन लागेको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट गुरुदेव केसी (सुमन) को प्यानल रहेको छ ।
त्यस्तै, अनेरास्ववियूका तर्फबाट चुडामणि भट्टको नेतृत्वमा तथा अखिल क्रान्तिकारीका तर्फबाट घनश्याम भट्टको नेतृत्वमा रहेको प्यानल चुनावी मैदानमा रहेको छ ।
आज बिहान ८ बजेदेखि चार बजेसम्म मतदान गरिने कार्यक्रम रहेको छ । कैलाली बहुमुखी क्याम्पसमा चार हजार ५० मतदाता रहेका छन् ।
गत फागुन २२ गतेको निर्वाचन अन्तिम समयमा स्थगित भएपछि निर्वाचन हुनुपर्ने माग गर्दै नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले विद्यार्थीको पक्षमा आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार