२० बैशाख २०८१, बिहीबार

स्थानीय निर्वाचन : काँग्रेस उम्मेदवारको टुंगो लगाउँदै



धनगढी । जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले उम्मेदवार टुंगो लगाउने कार्यलाई तीब्र बनाएको छ ।
यस क्रममा सोमबार बसेको काँग्रेस कैलालीको बृहत बैठकले केही स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
नेपाली काँग्रेसका सचिव दीपकराज जोशीका अनुसार बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलिराम चौधरी र उपाध्यक्षमा ललिता भट्टलाई उम्मेदवार चयन गरिएको छ । सो गाउँपालिकाका सबै ३२ पदका उम्मेदवारको टुंगो लगाइएको छ ।
त्यस्तै, मोहन्याल गाउँपालिकाको उपाध्यक्षमा रविकुमारी रानामगरलाई उम्मेदवार चयन गरिएको छ । सो गाउँपालिकाका ३७ पदमध्ये २९ को उम्मेदवार चयन भएका छन् ।
त्यस्तै, घोडाघोडी नगरपालिकाका ६२ पदमध्ये ४४ पदका लागि उम्मेदवार छनोट भएका छन् । गौरीगंगा नगरपालिकाका ५७ पदमध्ये सोमबार २६ पदका लागि उम्मेदवार छनोट भएका छन् ।
त्यस्तै, चुरे गाउँपालिकाका ३२ पदका लागि १० पदका उम्मेदवारको टुंगो लागेको छ । गोदावरी नगरपालिकाका ६२ पदमध्ये १९ पदका लागि उम्मेदवार चयन भएका छन् । त्यस्तै, लम्कीचुहा नगरपालिकाका ५२ मध्ये ५०, जानकी गाउँपालिकाका ४७ मध्ये ३२ र टीकापुर नगरपालिकाका ४७ पदमध्ये सोमबारसम्म २६ पदका लागि उम्मेदवार छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार