२३ बैशाख २०८१, आईतवार

स्थानीय तह निर्वाचन : एमालेले पूरा गर्‍यो शतक, कांग्रेस पछ्याउँदै



काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले १०२ सिट जितेको छ भने १४ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेस ९८ स्थानमा विजयी भएको छ भने १३ स्थानमा अगाडि रहेको छ ।
बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार शुक्रबार राति ११ बजेसम्मको मतगणना परिणाम अनुसार नेकपा (एमाले) शतक पुरा गरेको छ भने कांग्रेस पछ्याउँदै अगाडि बढेको छ ।
त्यस्तै, माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ भने ३ स्थानमा अगाडि रहेको छ । स्वतन्त्रले तीन स्थानमा जीतेको छ ।
शुक्रबारको मतपरिणामअनुसार महानगरपालिकाको तीन स्थानमा एमाले अगाडि रहेको छ भने एक स्थानमा कांग्रेस अगाडि रहेको छ ।
काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयरको मत परिणामअनुसार एमालेका विद्या सुन्दर शाक्य १२७३३, नेपाली कांग्रेकाका राजुराज जोशीले ८३३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसमा हरिप्रभा जोशी खड्गी १०९६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ ६७१६ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाको मेयर नेपाली कांग्रेसका चिरीबाबु महर्जन १३०२३ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार ११५३८ मत प्राप्त गरेका छन् भने चिरीबाबु महर्जन ८५५८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका गीता सत्याल १००४० मत र साझा पार्टीका शोभा शाक्य ७४१९ प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा मेयर एमालेकै देवी ज्ञवाली १५१५५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रेणु दाहाल १४८०९ मत पाएकि छन् । उपमेयरमा कांग्रेसका पार्वती शाहले १७०५१ मत भने एमालेका दिव्य आचार्य १३१३४ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा मेयरमा एमालेका मानबहादुर जिसी १५१२९ मत प्राप्त गरेका छन् भने नेपालीका कांग्रेसका रामजी कुँवर १४४५५ मत पाएका छन् । उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ १४१४३ मत र कांग्रेसका सरस्वती गुरुङ १३४४२ मत पाएका छन् ।
स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार