१० श्रावण २०८१, बिहीबार

चट्याङबाट एक बालिकाको मृत्यु



धनगढी । कञ्चनपुरको पुनर्वास, धनसिंगामा चट्याङबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ छ बजेतिर परेको चट्याङबाट कञ्चनपुर पुनर्वास नगरपालिका–९, धनसिंगाका १३ वर्षीया मेनुका सुनारको मृत्यु भएको जनाइएको छ ।
खेतमा गहुँको भुस लिन गएका बेला चट्याङ परेको स्थानीयले बताए ।
मृतक बालिका मेनुकाको शव पोस्टमार्टमको लागि सेती अञ्चल अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय पुनर्वासका इञ्चार्ज दलराम टमटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार