१० श्रावण २०८१, बिहीबार

स्थानीय तह निर्वाचन : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी केन्द्र तेस्रो



काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार बिहीबार रातिसम्म नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
बिहीबार राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमाले ८८ स्थानमा विजयी भएको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेपाली कांग्रेस ८६ स्थानमा विजयी भएको छ भने २३ स्थानमा अगाडि रहेको छ । बिहीबार रातिसम्मको मतगणना परिणामअनुसार माओवादी केन्द्र ४० स्थानमा विजयी भएका छ भने छ स्थानमा अग्रता लिएको छ ।
बिहीबारकै मतपरिणामअनुसार महानगरपालिकाको तीन स्थानमा एमाले अगाडि रहेको छ भने एक स्थानमा कांग्रेस अगाडि रहेको छ ।
काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयरको मत परिणामअनुसार एमालेका विद्या सुन्दर शाक्य ६५८६, नेपाली कांग्रेकाका राजुराज जोशीले ४२१५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसमा हरिप्रभा जोशी खड्गी ५१८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ ३२८५ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाको मेयर नेपाली कांग्रेसका चिरीबाबु महर्जन १३०२३ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार ११५०८ मत प्राप्त गरेका छन् भने चिरीबाबु महर्जन ८५५८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका गीता सत्याल ९८१५ मत र साझा पार्टीका शोभा शाक्य ६०९२ प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा मेयर एमालेकै देवी ज्ञवाली १०३७३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रेणु दाहाल ८९९७ मत पाएकि छन् । उपमेयरमा कांग्रेसका पार्वती शाहले १०५१५ मत भने एमालेका दिव्य आचार्य ८८८८ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा मेयरमा एमालेका मानबहादुर जिसी १०५५० मत
प्राप्त गरेका छन् भने नेपालीका कांग्रेसका रामजी कुँवर १०३९६ मत पाएका छन् । उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ १०१७९ मत र कांग्रेसका सरस्वती गुरुङ ९०७१ मत पाएका छन् ।
स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ । हालसम्म एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन् ।
एमालेले विजय हासिल गरेका स्थानहरू:
१. काठमाडौं, शंखरापुर नगरपालिका: सुवर्ण श्रेष्ठ
२. कास्की, माछापुच्छ्रे गाउँपालिका: कर्णबहादुर गुरुङ
३. कास्की, मादी गाउँपालिका: वेदबहादुर गुरु
४. कास्की, रूपा गाउँपालिका: नवराज ओझा
५. कास्की, माछापुच्छ्रे गापा: सूर्यप्रसाद लम्साल
६. काभ्रे, भुम्लु गापा: गुमानध्वज कुँवर
७. काभ्रे, खानीखोला गाउँपालिका: कृष्णबहादुर खुलाल
८. कालिकोट, खाँडाचक्र नगरपालिका: जशिप्रसाद पाण्डे
९. जाजरकोट, शिवालय गाउँपालिका: नरेन्द्रकुमार शाही
१०. जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती
११. जाजरकोट, छेडगाड गाउँपालिका: लालबहादुर महतारा
१२. जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी
१३. डोल्पा, ठूलीभेरी नगरपालिका: गणेशबहादुर शाही
१४. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका: तसी तुन्डुक गुरुङ
१५. डोल्पा, काइके गाउँपालिका: अंगद राना
१६. डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका: ओमबहादुर बुढा
१७. सिन्धुली, फिक्कल: धन कार्की
१८. सिन्धुपाल्चोक, बलेफी गाउँपालिका: केदार क्षेत्री
१९. सिन्धुपाल्चोक, पाँचखाल थाङपाल गाउँपालिका: टासी लामा
२०. सिन्धुपाल्चोक, लिसंखुपाखा: कमल नेपाल
२१. सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका: डम्बर अर्याल
२२. सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका:.निमफन्जो शेर्पा
२३. सल्यान, कपुरकोट गाउँपालिका: भीमबहादुर सेन
२४. सल्यान, ढोरचौर गाउँपालिका: चित्रबहादुर चलाउने
२५. सल्यान, कालिमाटी गाउँपालिका: दानबहादुर खत्री
२६. स्याङ्जा, कालीगण्डकी गाउँपालिका: खिमबहादुर थापा
२७. स्याङ्जा, फेदिखोला गाउँपालिका: घनश्याम सुवेदी
२८. स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर
२९ स्याङ्जा, गल्याङ नपा: भूपराज अधिकारी
३०. स्याङ्जा, बिरुवा गापा: चुनप्रसाद शर्मा
३१. स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल
३२. सुर्खेत, लेकबेसी नगरपालिका: गगनसिंह सुनार
३३. सुर्खेत, सिम्ता गाउँपालिका: कविन्द्रकुमार केसी
३४. तनहुँ, देवघाट गाउँपालिका: दुर्गाबहादुर थापा
३५. तनहुँ, घिरीङ गाउँपालिका: रणबहादुर राना
३६. ललितपुर, महांकाल गाउँपालिका: रामचन्द्र दाहाल
३७. लमजुङ, मस्र्याङ्दी गाउँपालिका: अर्जुन गुरुङ
३८. रसुवा, गोसाइकुण्ड गाउँपालिका: कैसाङनुर्पु तामाङ
३९. रसुवा, कालिका गाउँपालिका: सीताकुमारी पौडेल
४०. दोलखा, जिरी नगरपालिका: टंक जिरेल
४१. दोलखा, गौरीशंकर गाउँपालिका: सोयमबहादुर खड्का
४२. दोलखा, शैलुङ गापा: भरत दुलाल
४३. दैलेख, आठबीस नगरपालिका: खड्गराज उपाध्याय
४४. दैलेख, भैरवी गाउँपालिका: प्रेमबहादुर बुढा
४५. दैलेख, नारायण नगरपालिका: रत्नबहादुर खड्का
४६. दैलेख, महाबु गाउँपालिका: जंगबहादुर शाही
४७. दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका: सूर्यबहादुर शाही
४८. दैलेख, ठाँटीकाँध गापा: धिरबहादुर शाही
४९. दैलेख, भगवतीमाई गापा: दानबहादुर थापा
५०. धादिङ, गल्छी गाउँपालिका: कृष्णहरि श्रेष्ठ
५१. धादिङ, सिद्धलेक गाउँपालिका: प्रमेनाथ सिलवाल
५२. धादिङ, धुनिवेसी: बालकृष्ण आचार्य
५३. धादिङ, थाक्रे गाउँपालिका: रामकुमार आचार्य
५४. धादिङ, नेत्रावती गाउँपालिका: दुर्गाकुमार शाक्य
५५. धादिङ, गंगाजमुना गाउँपालिका: बलबहादुर अधिकारी
५६. रामेछाप, गोकुलगंगा गाउँपालिका: खड्गबहादुर सुनुवार
५७. रामेछाप, उमाकुण्ड गाउँपालिका: शेरबुहादुर सुनुवार
५८. मुगु, खत्याड गापा: उज्जनबहादुर शाही
५९. मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका: जीवन लामा
६०. मकवानपुर, भीमफेदी गाउँपालिका: हिदम लामा
६१. मकवानपुर, मकवानपुरगढी गाउँपालिका: विदुर हुमागाईं
६२. मकवानपुर, कैलाश गापा: टंक मोक्तान
६३. मनाङ, नेस्याङ गाउँपालिका: कान्छा घले
६४. मनाङ, चामे गाउँपालिका: लोकेन्द्रबहादुर घले
६५. मुस्ताङ, घरपझोङ गाउँपालिका: आशबहादुर गुरूङ
६६. म्याग्दी, मंगला गापा: सतप्रसाद रोका
६७. म्याग्दी, धौलागिरी गाउँपालिका: थम्सरा पुन
६८. पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल
६९. पर्वत, फलेबास नगरपालिका: पदमपाणी शर्मा
७०. बागलुङ, काठेखोला गाउँपालिका: अम्मरबहादुर थापा
७१. बागलुङ, बाडीगाड गाउँपालिका: मेहरसिंह पाइजा
७२. नुवाकोट, तार्केश्वर गाउँपालिका: रामबहादुर वस्ती
७३. रामेछाप, रामेछाप नगरपालिका: रोशन पाख्रिन
७४. रामेछाप, मन्थली नगरपालिका: रमेश बस्नेत
७५. पर्वत, बिहादी गाउँपालिका: कमलप्रसाद भुसाल
७६. हुम्ला , अदानचुली गाउँपालिका: दलु फडेरा
७७. नवलपरासी, गौडाकोट नगरपालिका: छत्रराज पौडेल
७८. तनहुँ, भिमाद नगरपालिका: मेखबहादुर थापा
७९. धादिङ, त्रिपुरासुन्दरी गापा: शम्भु थापा
८०. पर्वत, मोदी गापा: प्रेम पौडेल
८१. सल्यान, बनगाड नपा: गोविन्द पुन
८२. काठमाडौं, टोखा नपा: प्रकाश अधिकारी
८३. लमजुङ, बेशीशहर नपा: गुमानसिंह अर्याल
८४. लमजुङ, सुन्दरबजार नपा: जनकराज मिश्र
८५. दोलखा, तामाकोशटी गापा: ईश्वरचन्द्र पोखरेल
८६. बागलुङ, बागलुङ नगरपालिका: जनक पौडेल
८७. सिन्धुली, कमलामाइ नपा: खड्ग खत्री
८८. काभ्रे, बनेपा नपा: लक्ष्मी नरसिंह बँदे

 

कांग्रेसले विजय हासिल गरेका स्थानहरू:
१. नवलपरासी, बुङ्दीकाली गाउँपालिका: दुर्गाबहादुर राना
२. मनाङ, नार्फु गापा: मिङ्मा छिरीङ लामा (निर्विरोध)
३. मनाङ, नोशाङ गाउँपालिका: चन्द्र घले
४. मुस्ताङ, थाकसाङ गापा: उम्मेदवार बुद्धिप्रसाद शेरचन
५. जाजरकोट, कुशे गाउँपालिका: हरिश्चन्द्र बस्नेत
६. मुस्ताङ, लोमान्थाङ गाउँपालिका: सुवर्णकुमार विष्ट
७. मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गापा: फेन्चोक छेप्तेन गुरुङ
८. दैलेख, ढुंगेश्वर गाउँपालिका: नगेन्द्रबहादुर मल्ल
९. जुम्ला, पातारासी गाउँपालिका: लक्ष्मण बोहरा
१०. जुम्ला, सिंजा गाउँपालिका: देवलसिंह रावल
११. गोरखा, चुमनुब्री गाउँपालिका: धनबहादुर गुरुङ
१२. नवलपरासी, विनयी त्रिवेणी गापा: डम्बरबहादुर जिसी
१३. पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी
१४. सल्यान, त्रिवेणी गाउँपालिका: मानबहादुर डाँगी
१५. रसुवा, उत्तरगया गाउँपालिका: उपेन्द्र लम्साल
१६. जाजरकोट, बारेकोट गाउँपालिका: महेन्द्र शाही
१७. लमजुङ, मध्यनेपाल नगरपालिका: रमेशराज पाण्डे
१८. काभ्रेपलान्चोक, बेथानचोक गापा: प्रेमबहादुर तिमल्सिना
१९. जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत
२०. मुगु , कार्मारोंग गाउँपालिकास्छिरिङ क्याप्ने
२१. नवलपरासी, हुप्सिकोट गाउँपालिका: लक्ष्मी पाण्डे
२२. नवलपरासी, बुलिङटार गापा: शशी वास्ताकोटी
२३. नुवाकोट, किस्पाङ गाउँपालिका: छत्रबहादुर लामा
२४. सिन्धुली, घ्याङलेख गापा: जगतबहादुर भोलान
२५. हुम्ला, सिमीकोट गाउँपालिका: पदमबहादुर लामा
२६. सुर्खेत, चिङगाड गाउँपालिका: देवबहादुर चन्द
२७. कास्की, अन्नपूर्ण गाउँपालिका: युवराज कुँवर
२८. बागलुङ, गलकोट नगरपालिका: भरत शर्मा गैरे
२९. बागलुङ, तमानखोला गाउँपालिका: जोकलाल बुढा
३०. म्याग्दी, बेनी नगरपालिका: हरिकुमार श्रेष्ठ
३१. नुवाकोट, तादी गाउँपालिका: नारायण पाण्डे
३२. गोरखा, गण्डकी गाउँपालिका: होमबहादुर राना
३३. काभ्रे, तेमाल गाउँपालिका: सलामसिंह लामा
३४. म्याग्दी मालिका गाउँपालिका: श्रीप्रसाद रोका
३५. दोलखा, वैत्यश्वर गाउँपालिका: छवि लामा
३६. तनहुँ, आबुखैरनी गाउँपालिका: गिरबहादुर थापा
३७. धादिङ, खनियाबास गापा: रणबहादुर तामाङ
३८. लमजुङ, दूधपोखरी गाउँपालिका: छुपीमाया गुरुङ
३९. चितवन इच्छाकामना गाउँपालिका: गीता गुरुङ
४०. सल्यान, छत्रेश्वरी गाउँपालिका: सन्तोस केसी
४१. म्याग्दी, अन्नपूर्ण गापा: डमबहादुर गर्वुजा पुन
४२. सुर्खेत, बराहताल गाउँपालिका: तेजबहादुर बस्नेत
४३. गोरखा, अजिरकोट गाउँपालिका: फणिन्द्र धिताल
४४. गोरखा, सिरानचोक गाउँपालिका: राजु गुरुङ
४५. तनहुँ, ऋसिङ गाउँपालिका: राजेन्द्रकृष्ण श्रेष्ठ
४६. स्याङ्जा, चापाकोट नगरपालिका: शिवकुमार गिरी
४७. सिन्धुपाल्चोक, हेलम्बु गापा: निमाग्याल्जेन शेर्पा
४८. जुम्ला, चन्दननाथ नगरपालिका: कान्तिका सेजुवाल
४९. ललितपुर, बागमती नगरपालिका: वीरबहादुर लोप्चन
५०. नवलपरासी, देवचुली नगरपालिका: पूर्णकुमार श्रेष्ठ
५१. काठमाडौं, दक्षिणकाली नगरपालिका: मोहन बस्नेत
५२. नुवाकोट, दुप्चेश्वर गाउँपालिका: योगेन्द्रसिंह तामाङ
५३. स्याङ्जा, अर्जुन चौपारी गापा: दीर्घनारायण अर्याल
५४. काभ्रे, रोशी गाउँपालिका: दलबहादुर लामा
५५. नवलपरासी, मध्यविन्दु नपा: चन्द्रबहादुर राना
५६. पर्वत, जलजला गापा: यामबहादुर मल्ल
५७. धादिङ, ज्वालामुखी गाउँपालिका: विनोद तिमल्सिना
५८. तनहुँ, म्याग्दे गाउँपालिका: मायादेवी राना
५९. गोरखा, धार्चे गाउँपालिका: सन्तबहादुर गुरुङ
६०. मुगु, छायाँनाथ रारा नगरपालिका: हरिजंग शाही
६१. दैलेख, दुल्लु नगरपालिका: घनश्याम भण्डारी
६२. स्याङ्जा, भिरकोट नगरपालिका: छायाराम खनाल
६३. दैलेख, गुराँस गाउँपालिका: खेमराज वली
६४. हुम्ला, सिमकोट गापा: पदमबहादुर लामा
६५. बागलुङ, निसीखोला गापा: तारानाथ पौडेल
६६. सिन्धुली, गोलनजोर गापा: पुष्प कार्की
६७. म्याग्दी, रघुगंगा गापा: भगबहादुर भण्डारी
६८. मकवानपुर, बकैया गापा: दामोदर खनाल
६९. दैलेख, नौमूले गापा: भदे बूढामगर
७०. दोलखा, बिगु गापा: युधिष्ठिर खड्गा
७१. मुगु, खत्याड गाउँपालिका: उब्जनबहादुर शाही
७२. ललितपुर, गोदावरी नगरपालिका: गजेन्द्र महर्जन
७३. सिन्धुली, तीनपाटन गाउँपालिका: कर्णबहादुर मगर
७४. गोरखा, पालुङटार नपा: दीपकबाबु काडेल
७५. पर्वत, कुस्मा नगरपालिका: रामचन्द्र जोशी
७६. तनहुँ, व्यास नपा: वैकुण्ठ न्यौपाने
७७. नुवाकोट, मेघाङ गापा: आशाबहादुर तामाङ
७८. स्याङ्जा, वालिङ नपा: दिलीपप्रताप खाँड
७९. सुर्खेत, गुर्भाकोट नपा: हस्तबहादुर पुन
८०. तनहुँ, शुक्लागण्डकी नपा: किसान गुरुङ
८१. कालीकोट महावै गाउँपालिका: नन्दबहादुर सिंह
८२. तनहुँ, भानु नपा: उदयराव गौली
८३. गोरखा, भिमसेन गाप: ईश्वर पाण्डे
८४. गोरखा, आरुघाट गाप: पूर्णबहादुर दाहाल
८५. सिन्धुपाल्चोक, सुनकोशी गाप: विनोद जिसी
८६. गोरखा, गोरखा नपा: राजनराज पन्त

 

माओवादीले विजय हासिल गरेका स्थानहरू:
१. डोल्पा, मुडकेचुला गाउँपालिका: दतबहादुर शाही
२. जगदुल्ला गाउँपालिका: नरसिंह रोकाया
३. जुम्ला, गौठीचौर गाउँपालिका: हरिबहादुर भण्डारी
४. कालिकोट, सान्नि जेवेगी गापा: डम्बरबहादुर शाही
५. रुकुम, सानीभेरी गाउँपालिका: नरबहादुर पुन
६. जुम्ला, हिमा गाउँपालिका: राजबहादुर शाही
७. हुम्ला, ताजाकोट गाउँपालिका: बागदल मल्ल
८. सल्यान, दार्मा गाउँपालिका: निमबहादुर केसी
९. सिन्धुली, मरिन ठाकुर गाउँपालिका: पानीराज बम्जन
१०. ललितपुर, कोन्ज्योसोम गापा: गोपीलाल स्याङ्तान
११. रुकुम, मुसिकोट नगरपालिका: देवीलाल गौतम
१२. तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा
१३. वागलुङ, ताराखोला गाउँपालिका: प्रकाश घर्ती
१४. रुकुम, बाफिकोट गाउँपालिका: धर्मबहादुर केसी
१५. हुम्ला, चंखेली गाउँपालिका: धनलाल चौंलागाई
१६. रुकुम, त्रिवेणी गाउँपालिका: झक्कुप्रसाद घर्ती
१७. जुम्ला, तातोपानी गाउँपालिका: नवराज न्यौपाने
१८. मकवानपुर, बाग्मती गाउँपालिका: सर्केश घलान
१९. सिन्धुली, हरिहरपुरगढी गापा: कार्साङ तामाङ
२०. हुम्ला, नाम्खा गाउँपालिका: विष्णु तामाङ
२१. सल्यान, बागचौर नगरपालिका: लोकमान बुढाथोकी
२२. रुकुम, चौरजहारी नगरपालिका: विशाल शर्मा
२४. रामेछाप, दोरम्बा गाउँपालिका: कमानसिंह मोक्तान
२५. कालिकोट, रास्कोट नगरपालिका: काशीचन्द्र बराल
२६. काभ्रे, महाभारत गाउँपालिका: कान्छामान जिम्बा
२७. जाजरकोट, त्रिवेणी नलगाड: टेकबहादुर रावल
२८.गोरखा, सहिद लखन गाउँपालिका: रमेश थापा
२९. कालिकोट, पलाता गाउँपालिका: लक्ष्मण बम
३०. लमजुङ, दोर्दी गापा: ओमबहादुर गुरुङ
३१. जाजरकोट, जुनी चाँदे गापा: कृष्णबहादुर केसी
३२. रुकुम, आठबिस्कोट नपा: गोर्खबहादुर केसी
३३. हुम्ला, सर्केगाड गाप: कृष्ण रोकाय
३४. सिन्धुपाल्चोक, चौतारा नपा: अमनसिंह तामाङ
३५. धादिङ, बेनीघाट–रोराङ गापा: पित्तबहादुर डल्लाकोटी (हरि)
३६. सिन्धुपाल्चोक, भोटेकोशी गापा: राजुकुमार पौडेल
३७. कालिकोट, पचाल झरना गापा: खडकराज सेजुवाल
३८. गोरखा, सुलीकोट गाउँपालिका: विष्णु भट्ट
३९. कालीकोट, तीलागुफा नपा: रतनबहादुर शाही
४०. हेटौडा, थाहा नपा: लवशेर विष्ट
४१. काभ्रे, चौरीदेउराली गापा: दिनानाथ गौतम

स्वतन्त्र:
१. डोल्पा, डोल्पोबुद्ध गाउँपालिका: पेम्बा गुरुङ
२. मुस्ताङ, दालोमे गाउँपालिका: राजु विष्ट
३. डोल्पा, छार्का ताङसोङ गाउँपालिका: सोनाम गरुुङ

राप्रपा: धादिङ, रुबीभ्याली गाउँपालिका: चेरुङ तामाङ
राजमो: बागलुङ, बरेङ गाउँपालिका: कृष्ण पौडेल
नयाँ शक्ति: रसुवा, पार्वतीकुण्ड गाउँपालिका: भुजुङ तामाङ

(साभार: सेतोपाटी अनलाइन)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार