२३ बैशाख २०८१, आईतवार

सोमबार स्ववियु निर्वाचन हुँदै



धनगढी । कैलाली बहुमुखी क्याम्पसमा आगामी सोमबार (जेठ ९ गते) स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
बुधबार उच्चअदालतको पत्र क्याम्पसले प्राप्त गरेपछि बिहीबार क्याम्पस व्यवस्थापन समिति र शिक्षकबीच बसेको बैठकले स्ववियु निर्वाचनको मिति तोकेको हो ।
गत फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन मनोनयनपत्र दर्ता भइसकेपछि स्थगित गरिएको थियो । विभिन्न कारण देखाउँदै स्ववियु निर्वाचन स्थगित भएपछि ‘स्ववियुु निर्वाचन गराइ पाउँ’ भन्दै अदालतमा रिट दायर भएकोमा अदालतले वैशाख २४ गते रिटको पक्षमा निर्णय दिएको थियो ।
अदालतले २०७४ सालको असार महिनाभित्र स्ववियु निर्वाचन गर्न आदेश दिएलगत्तै विद्यार्थीहरूले यही महिनाको १० गतेभित्र चुनाव गर्नुपर्ने माग गरेका थिए । विद्यार्थीको सहभागिता, सुरक्षा व्यवस्था, वर्षायाम लगायतका दृष्टिबाट जेठ ९ गतेभित्र चुनाव गर्न उपयुक्त ठहर गर्दै मिति तोकिएको कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार