२ बैशाख २०८२, मंगलवार

जेठ १० भित्र स्ववियु निर्वाचन गर– नेविसंघ



धनगढी । नेपाल विद्यार्थी संघले कैलाली बहुमुखी क्याम्पसमा यही (जेठ) १० गतेभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन गर्न माग गरेको छ ।
गत फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन मनोनयनपत्र दर्ता भइसकेपछि स्थगित गरिएको थियो ।
विभिन्न कारण देखाउँदै स्ववियु निर्वाचन स्थगित भएपछि ‘स्ववियुु निर्वाचन गराइ पाउँ’ भन्दै अदालतमा रिट दायर भएकोमा अदालतले वैशाख २४ गते रिटको पक्षमा निर्णय दिएको थियो ।
अदालतले २०७४ सालको असार महिनाभित्र स्ववियु निर्वाचन गर्न आदेश दिएलगत्तै विद्यार्थीहरूले यही महिनाको १० गतेभित्र चुनाव गर्नुपर्ने माग गरेका छन् । नेविसंघले चुनावमा विद्यार्थीको सहभागिता, सुरक्षा व्यवस्था, वर्षायाम लगायतका दृष्टिबाट जेठ १० गतेभित्र चुनाव गर्नु उपयुक्त हुने जनाएको छ ।
बुधबार नेपाल विद्यार्थी संघले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार गुरुदेव केसी (सुमन) ले वैशाख १० गतेभित्र स्ववियु चुनाव नभए चालू आर्थिक वर्षभित्र गर्न सम्भव नहुने बताए । ‘हामीले जिल्ला प्रशासन कार्यालय कैलालीमा पनि छलफल गर्दा १० गतेभित्र गर्न सुझाव पाएका छौं’ केसीले भने ‘सो समयभित्र चुनाव नभए प्रशासनलाई पनि सुरक्षा व्यवस्था गर्न कठिनाई हुने जवाफ पाएका छौं ।
उनले वैशाख १२ गतेदेखि असार १६ गतेसम्म क्याम्पसमा बिदा भएकाले विद्यार्थीहरूको उपस्थिति नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार