१९ बैशाख २०८१, बुधबार

२४ औं मदन–आश्रित स्मृति दिवस



धनगढी । नेकपा (एमाले) कैलालीले बुधबार २४ औं मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ । एमाले पार्टी कार्यालयमा भएको कार्यक्रममा एमाले नेताहरूले मदन भण्डारी र जीवराज आश्रितले देखाएको बाटो विर्षन नहुनेमा जोड दिएका थिए ।
एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेताहरू दिनेशचन्द्र सुवेदी, दीपक देवकोटा, नवराज जोशी, शंकर कुवार, रामचन्द्र जोशी, शारदा भट्टले मन्तव्य व्यक्त गरेका थिए ।
एमाले जिल्ला सचिव रणबहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले सल्लाहकार सदस्य घनश्याम भट्टराई रहेका थिए ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
पोखराबाट गाडीमा चितवनतर्फ जाादै गर्दा भण्डारी र आश्रित चढेको गाडी त्रिशूली नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार