१० श्रावण २०८१, बिहीबार

उपमहानगरपालिकामा तालाबन्दी



धनगढी । धनगढी उपमहानगरपालिका–६, जालीबासीले आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उपमहानगरपालिकाले वडा नम्बर ६ को कार्यालय अनुपयुक्त स्थानमा राख्ने निर्णय भएको र सबैलाई पाइक नपर्ने भन्दै उनीहरूले दिउँसो आधा घण्टा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ६ को वडा कार्यालय मटियारीमा अस्थायी रूपमा राख्ने निर्णयप्रति जाई बासीले आफूहरूलाई पाइक नपर्ने भन्दै उनीहरूले जालीको वासुदेव उच्च मावि नजिक राख्न माग गरेका हुन् ।
उपमहानगरपालिकाले पहिलो पटक सूचना जारी गर्दा कसैको निवेदन नपरेपछि पुन: दोस्रो सूचना जारी गर्दा मटियारी र जालीबाट निवेदन परे पनि सम्झौताका लागि एक हप्ते सूचना जारी गर्दा जालीका निवेदकले सम्झौता नगरेपछि मटियारीमा स्थापना गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए ।
सूचना प्रकाशित गरी वडा नम्बर ६ को सबैको पाएक पर्ने स्थान बासुदेवी उच्च मावि आसपासका घरधनीलाई कार्यालय सञ्ंचालनका लागि घर भाडामा माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार