१० श्रावण २०८१, बिहीबार

दोलखामा झडप, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु



काठमाडौं । मतदान शुरु भए लगत्तै बिहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपमा एक जनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एक जनाको मृत्यु भएको हो ।

सुरक्षाकर्कीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारबाट नकुल भूजेलको मृत्यु भएको छ । घटनामा अन्य केही व्यक्तिहरु पनि घाइते भएको स्थानीयले बनाएका छन् । दोलखाका क्षेत्र नं १ का विभिन्न केन्द्रहरु बिहानैदेखि तनावग्रस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार