१० श्रावण २०८१, बिहीबार

रामेछापको कालिका भगवती मतदान केन्द्रमा मतदान स्थगित



रामेछाप । माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ ।
मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्ििथतिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए ।
झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन ।
रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार