१७ बैशाख २०८१, सोमबार

धनगढीमा सेनाद्वारा दुई स्थानमा बम निस्क्रिय



धनगढी । शनिबार बिहान धनगढीमा सेनाले दुई स्थानमा प्रेसर कुकर बम विस्क्रिय पारेको छ । सेनाले धनगढीस्थित मुख्य चौराहाबाट अत्तरिया जाने सडक र मनहेरा सडकमा बम फेला परेको थियो।
बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।
धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोराभित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।
उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।
नेपालगंजबाट अछामको साफेबगर समान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार