४ जेष्ठ २०८१, शुक्रबार

क्रिकेट वुमन रुस्लान अत्तरिया कप च्याम्पियन



अत्तरिया । क्रिकेट वुमन काठमाडौं रुस्लान अत्तरिया कप महिला क्रिकेट च्याम्पियन भएको छ ।
मंगलबार भएको फाइनल खेलमा क्रिकेट वुमन काठमाडौंले एपीएफ टिमलाई १६ रनले पराजित गर्दै कप उचाल्यो ।
जीतसंगै क्रिकेट वुमनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
अत्तरियास्थित एपिएफ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्रिकेट वुमनले २० ओभरमा पाँच विकेट क्षतीमा एक ५२ रनको सम्मानजनक स्कोर खडा गर्‍यो ।
प्लेयर अफ द रिसिज पुजा निभा भाटले ३८ बलमा चार चौका हिर्काउँदै ३७ रन बनाइन् । त्यस्तै, शहनवाज प्रविनले २५, शान्ता मुखर्जीले २३ र शान्ति खतिवडाले २१ रन बनाए । भने नेरी थापा र आरती विडारीले १३/१३ रन बनाए ।
बलिङतर्फ एपिएफका सरिता मगरले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिइन् भने करुणा भण्डारीले दुई विकेट लिइन् ।
प्रतिउत्तरमा एपिएफ २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनमा समेटियो ।
टोलीका लागि पुजा पाण्डेले ४२ बलमा पाँच चौका हिर्काउँदै ४८ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेन । एपीएफका करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएका थिए ।
अलराउण्डर खेलाडी काठमाडौंकी पुजा निमाले चार ओभरमा १७ रन दिएर चार विकेट लिइन् ।
प्रतियोगितामा पुजाले एक सय सात रन बनाउनुका साथै ११ विकेट लिएकी थिइन । प्लेयर अफ द सिरिज घोषित हुँदै उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
क्रिकेट वुमन काठमाडैंका शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने एपीएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमश: उत्कृष्ट ब्याट्सवुमन र बलर घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
युनाईटेड अत्तरिया स्पोटर््स क्लवको आयोजनामा भएको प्रतियोगितामा देशका विभिन्न क्षेत्रका छ टिमको सहभागिता रहेको थियो ।
छ टोलीलाई दुई समुहमा विभाजन गरि खेलाइएको थियो । समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लव, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेका थिए । भने समुह ‘बी’मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राइजिङ क्रिकेट वुमन काठमाडौ र वारा क्रिकेट एकेडेमी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार