२ जेष्ठ २०८१, बुधबार

गतवर्ष यूएईमा ६५ जना नेपालीको ज्यान गयो



काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई पुगेका ६५ जना नेपालीको गत वर्ष निधन भएको छ । रोजगारीका लागि यूएई पुगेका ६५ जनाको शव ०७३ सालमा नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।
रोजगारीका लागि यूएइई पुगेकाहरुमध्ये धेरै जसोलाई मुटुको समस्या हुने , आत्महत्या गर्ने, सडक दुर्घटना पर्ने, उघोग, कारखानामा काम गरिरहदा मृत्यु हुने रहेको दूतावासको जनाएको छ ।
यूएईमा २ लाख ४ हजार १ सय ६ जना नेपाली कार्यरत रहेको तथ्यांक छ ।
महिलाको उद्धार
०७३ सालमै रोजगारीका लागि यूएई आएर विभिन्न कारणले अलपत्र परेका ६७ जनालाई नेपाली दूतावासले फिर्ता पठाएको छ ।
पारिश्रमिक नपाएका, कामकै अवधीमा कम्पनी वन्द भएका, दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरेर नेपाल पठाइएको दूतावासका सूचना अधिकारी कृष्ण अर्यालले वताएको आज प्रकाशित राजधानी दैनिकले जनाएको छ । नेपाल सरकारले संस्थागतरुपमा यूएई जान पाउने व्यवस्था गरेपछि गत वर्ष १ सय ६० जना महिला घरेलु कामका लागि यूएई आएको दूतावासले जनाएको छ । यसअघि परिवारको सदस्यकारुपमा पर्यटक भिसामा गएकाहरुले कामदारको रुपमा काम गर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार