२ जेष्ठ २०८१, बुधबार

दुई थान भरुवा बन्दुक बरामद



कञ्चनपुर । प्रहरीले कञ्चनपुरमा दुई थान भरुवा बन्दुक बरामद गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–८, खड्डाकंकट भन्ने ठाउँबाट प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा ती बन्दुक फेला पारेको जनाएको छ ।
बिचफाँटा प्रहरी चौकीबाट गस्तीमा निस्केको प्रहरी टोलीले बाटो छेउमा फालिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इञ्चार्ज प्रहरी निरीक्षक दलराम टमटाले बताए । उनले दुईटै बन्दुक खाली अवस्थामा रहेको जानकारी दिए ।
प्रहरीले बेवारिसे अवस्थामा फेला परेका हतियार नेपाल भारत सीमा अन्तर्गत भारतीय दुधवा नेशनल पार्कको नजिकै रहेकोले शिकारीले छोडेको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार