४ जेष्ठ २०८१, शुक्रबार

बझाङमा महिला बढि एचआइभी संक्रमित



बझाङ । बझाङ जिल्लामा पुरुषको तुलनामा बढी महिलामा एचआईभी संक्रमण रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बझाङका अनुसार जिल्लामा एक सय १५ जना एचआइभी संक्रमितमध्ये ५८ जना महिला संक्रमित रहेका छन् ।
एचआइभी काउन्सिलर अरुणा खड्काका अनुसार जिल्लामा हालसम्म नौ जना एचआईभी संक्रमितको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये तीन जना बालक रहेका छन् । जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका पुरुषले असुरक्षित यौनसम्पर्क गरेका कारण संक्रमित भएर आउने र लापरबाहीका कारण श्रीमतिमा समेत संक्रमण सर्ने गरेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल ५८ जनाले एआरटी सेवा लिइरहेका छन् । एचआइभी संक्रमितलाई समाजले अपहेलना र घृणा गर्ने भयका कारण सबैले सो सेवा लिन नमान्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार