१० श्रावण २०८१, बिहीबार

आजदेखि ३४ जिल्लामा चुनाव कार्यक्रम सुरु



काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि दलहरूले उम्मेद्वारहरूको टुंगो लगाउन जुटेका छन् ।
पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । वैशाख ३१ गते काठमाडौँ, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।

कुन–कुन जिल्लामा हुँदैछ चुनाव !
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरूमा हुँदैछ ।
प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।
त्यसै गरी, प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरूमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरू समेटिएका छन् ।

निर्वाचन कार्यक्रम
उम्मेदवार मनोनयन दर्ता : वैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म)
उम्मेदवारको सूची प्रकाशन : वैशाख १९ गते (बेलुका ५ः३० बजे)
उम्मेदवारको विरोधमा उजुरी : वैशाख २० गते (बिहान १० बजेदेखि १ बजेसम्म)
मनोनयनपत्र जाँच : वैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म)
उम्मेदवारको नामावली प्रकाशन : वैशाख २१ गते (११ः३० देखि १ बजेसम्म)
उम्मेदवारले नाम फिर्ता लिने : वैशाख २१ गते (दिउँसो १ बजेदेखि ५ बजेसम्म)
उम्मेदवारको अन्तिम नामावली प्रकाशन : वैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)
उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान : वैशाख २२ गते (बिहान ११ देखि ५ बजेसम्म)
मतदान गर्ने : वैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म)

(विभिन्न एजेन्सीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार